इच्छाराम तामाङलाई ऋण तिर्न सञ्चय कोषले दियो ३५ दिने अल्टिमेटम

307

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफूसँग लिएको ऋणको सावाँ र ब्याज भुक्तानी ३५ दिनभित्र तिरिसक्न सिभिल इस्टेट्स प्रालिलाई समयसीमा तोकिदिएको छ ।

कोषले आज एक सार्वजनिक सूचना जारी गर्दै उक्त दिनभित्र नतिरे कर्मचारी कोष ऐन २०१९, कर्जा सर्त सम्झौता लिखित र प्रचलित ऐन कानुनबमोजिम धितो रहेको चल/अचल सम्पत्ति कोषले कुनै पनि बखत कब्जा/लिलाम बिक्री गरी वा अन्य कारबाही गरी असुल उपर गरिने जानकारी दिएको हो ।

कोषले सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिबाना र अन्या जरिबाना चुक्ता गर्न भनेको छ ।

उक्त समय अवधिभित्र ऋण चुक्ता नगरे कोषले धितो लिलाम गरेर रकम असुल गर्ने बताएको छ । कोषले धितोको रुपमा रहेको सुन्धारास्थित ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बराबरको पसल समेत लिलाम गर्ने जनाएको छ ।

कोषले सिभिल इस्टेट्सका अध्यक्ष इच्छाराज तामाङसहित सञ्चालकहरु विशलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ, विजयकुमार मुखिया र प्रविण मुखियाको नाम समेत सूचनामा प्रकाशित गरिएको छ ।

तामाङ अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । सिभिल एन्ड क्रडिट कोअपरेटिभ लिमिटेड घोटला प्रकरणमा सिआइबीले उनीस्हित १२ जनालाई हिरासतमा राखेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...