गगन थापाको अपिल– ‘पार्टी नवनिर्माणका लागि दृढ संकल्पित बनौँ’ [पूर्णपाठ]

291

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताएका छन् ।

आज कांग्रेसले १४८ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै छ । अधिवेशनबाट सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले आज एक अपिल जारी गर्दै अधिवेशनको प्रक्रियामा भाग लिने प्रतिनिधिहरुलाई रुपान्तरित कांग्रेस बनाउने गरी मत दिन आह्वान गरेका छन् ।

“सात दशकदेखि नेपाली राजनीतिमाको हरेक मञ्चमा हाम्रो पार्टीले केन्द्रीय भूमिका निर्वाह गर्दै आएको मा हामीलाई गर्व छ,” थापाले अपिलमा भनेका छन्,“तर, इतिहासलाई शिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कायम रहन सक्दैन । परिवर्तनको बेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भने मात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जाने छ ।”

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन् । उनीहरु नै केन्द्रीय महाधिवेशनका मतदाता हुन् ।

“आज सही निर्णय गर्न सक्यौँ भने मात्र पार्टीले सही गति लिने छ,” थापाले भने,“पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुने छ ।”

नेता थापाले कांग्रेसको आगामी महाधिवेशनबाट आज जनताले भरोसा र विश्वास गर्ने पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् ।

“यो महाधिवेशनबाट हामीले त्यस्तो पार्टी बनाउनु छ, जसमा सबै सदस्यले आत्मसम्मान र अपनत्वको अनुभूति गरुन्, जसमाथि आम जनताले भरोसा र विश्वास गरुन,” थापाले भने ।

गगन थापा
Share This:
सम्बन्धित खबर
Loading...