वैदेशिक रोजगार क्षेत्रलाई बेथिति मुक्त बनाइन्छ : मन्त्री श्रेष्ठ

274

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौँमा शनिबार नेकपा (एकीकृत समाजवादी) तनहुँ–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाए ।

वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति हटाउँदै व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताए । कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा जनलहर आएको बताए ।

भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय एकीकृत समाजवादी तनहुँ–काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ ।

कार्यक्रममा एमाले, कांग्रेसलगायत पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...