सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ : नेपाल

228

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।

काठमाडौँमा शनिबार एकीकृत समाजवादी तनहुँ–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।

नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए । उनले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सबै क्षेत्रमा विजय हासिल गर्ने बताए ।

उनले आगामी चुनावमा एकीकृत समाजवादीको विययी अभियान सुरु हुने समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...