शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु

330

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक जना मजदुरको मृत्यु छ ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

माझी गएराति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार गम्भीर घाइते माझीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

माझी उत्तर दक्षिण कोसी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन् । उनी केही महिना यता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...