प्रचण्ड र माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको हो : दाहाल

312

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठुलो दल बन्ने दाबी गरेका छन् ।

शनिबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन् । उनले आफूलाई सिध्याउने उद्देश्यले नेकपा (एमाले)ले चितवनमा महाधिवेशन गर्न लागेको भए पनि निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताए ।

“तपाईंहरुले बुझ्नुभयो होला । उनीहरु किन चितवन गएका हुन् । प्रचण्ड र माओवादीलाई माया गर्न गएका होइनन् । सिध्याउन गएका हुन् । तर, जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन,” प्रचण्डले भने,“हामी जित्ने छौँ । आउने निर्वाचनमा माओवादी पार्टी २०६४ सालको जस्तै एक नम्बर पार्टी बन्ने पूरै सम्भावना छ ।”

उनले दलाल, भगौडा र कायरलाई तह लगाउनका लागि पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । “सबै दलाल, गद्दार, भगौडा कायरहरुलाई हुंकार दिनुहोस् । आक्रमक ढंगले प्रस्तुत हुनुस् । डराउनु पर्ने कुनै कारण छैन । हामी छौँ तपाईंहरुको साथमा । लड्न परे, मर्न परे सबभन्दा पहिला हामी मर्न तयार छौँ । दृढताका साथ अगाडि बढ्नुस्,” प्रचण्डले भने ।

Share This:
सम्बन्धित खबर
Loading...