गठबन्धनका केही दल कांग्रेसको औँला नसमाति हिँड्नै सक्दैनन् : ओली

279

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन अरु १० दल आएपनि कुनै फरक नपर्ने स्पष्ट पारेका छन् ।

एमाले काठमाडौँ महानगर कमिटीले शनिबार काठमाडौँको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिध्याउन पाँच दलिय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताएका हुन् ।

उनले एमालेलाई कसैको बैशाखि टेकेर हिँड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।

त्यस्तै, उहाले आगामी निर्वाचनमा सत्तागठबन्धनका केही दल कांग्रेसको औँला नसमाति हिँड्नै नसक्ने तर्क गरे । आफ्नो सरकार ढालेर कांग्रेसको औँला समातेर हिँड्नेहरुले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको उनको भनाइ छ । उनले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गरे ।

एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको उनले बताए । उनले अहिले विकासको गति अबरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरे ।

ओलीले अहिले एमाले सफा भएको भन्दै सदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...