विपी, गणेशमान र किसुनजीले देखेको सपना मैले पूरा गर्न सक्छु : नेता सिंह

341

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए ।

“किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो । त्यो सपना तपाईहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,” उनले भने । जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो ।

साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताए । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...