पूर्वमाओवादी नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान हुन्छ : नेम्वाङ

234

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेरो हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

“हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनौँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छौँ । तर, पनि बोलिचालीको भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन सोच्नुपर्छ,” नेम्वाङले भने, “त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ ।”

उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेको छ ।

तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्युतिँदा नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...