नेपाली कांग्रेस सिन्धुलीको क्षेत्रीय अधिवेशन स्थगित

191

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीको क्षेत्र नम्बर २ प्रदेससभा ‘क’ क्षेत्रीय अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

बिहानदेखि दिनभर र साझ अबेरसम्म पटक–पटक सर्वसम्मत नेतृत्व चयनको कसरत गर्दा पनि असफल भएपछि दुई पक्षबीच निर्वाचन आज शुक्रबारै गराउने कि भोलि शनिबार गर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।

मतदान अधिकृतले अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको जनाएका छन् । विवाद लम्बिँदै जाँदा निर्वाचनका लागि समय नभएको भन्दै स्थगित गर्नुपरेको निर्वाचन अधिकृत लिखतबहादुर खड्काको भनाइ छ । अब सल्लाह गरेर छिट्टै निर्वाचनको मिति तोकिने उनले जानकारी दिए ।

क्षेत्र नम्बर १ को क र ख तथा क्षेत्र नम्बर २ को ख मा मतदान जारी रहेको पनि अधिकृत खड्काले जानकारी दिए ।

कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि चारवटा प्रदेशसभा क्षेत्रमा दुई सयको हाराहारीमा सबै पदका लागि उम्मेदवारी परेको निर्वाचन समितिको भनाइ छ । केही पदमा भने सर्वसम्मत निर्णय भएको छ । निर्वाचन परिणाम आएपछि एकैपटक घोषणा गर्ने समितिले जनाएको छ ।

१ हजार ५१२ क्षेत्रीय प्रतिनिधि प्रदेशसभा क्षेत्रीय अधिवेशनको निर्वाचनमा सहभागी भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए । जसमा क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा ३५२, ‘ख’मा ३२२ सहभागी छन । यस्तै २ को ‘क’मा ३७९ र ‘ख’मा ३५८ प्रतिनिधि सहभागी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...