हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

325

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौँमा सुरु भएको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले हस्तकला निकासी गर्दै विदेशी मुद्राको आयआर्जनबाट मुलुकको आर्थिक घाटा न्यूनिकरण हुने विश्वास गरे । हस्तकला क्षेत्रमा देखिएको करसम्बन्धी समस्यालाई सहजिकरण गर्ने उनले बताए । उनले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकूल परिस्कृत गर्दै अघि बढाउनुपर्ने धारणा राखे ।

मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...