कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेतर्फ केन्द्रित हुनुपर्छ : सहमहामन्त्री महत

316

काठमााडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन् ।

आगामी वर्ष हुने स्थानी तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमतसहितको पहिलो पार्टी बन्ने गरी लाग्नुपिर्ने बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको क्रममा शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सहमहामन्त्री महतले कांग्रेसको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गरे । १४औँ महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गरेका प्रतिनिधिहरुलाई उनले आन्तरिक प्रतिस्पर्धालाई सहजरुपमा लिन पनि आग्रह गरे ।

“निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनु पर्दछ । अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस्,” उनले भने ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...