एमाले १०औँ महाधिवेशन : घरघरमा निमन्त्रणा पत्र

202

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रण पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्‍याउने गरी निमन्त्रणा पत्र पठाएको हो ।

दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उनले जानकारी दिए । वडा कमिटीहरुले भेला र बैठक गरेर निमन्त्रणा पत्र वितराण सुरु गरिसकेको छ ।

“पालिका, वडा र टोल कमिटी सक्रियरुपमा निमन्त्रणा पत्र वितरण र प्रचारप्रसारमा जुटेका छन्,” उनले भने । प्रचारप्रसारका लागि स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । उनले भने,“उद्घाटन सत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणा पत्र नै पठाउन लागिएको हो ।”

एमालेको १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...