पूर्वमाओवादी नेता प्रभु साहको निर्वाचन क्षेत्रमा जाँदै प्रचण्ड

328

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्न जाने भएका छन् ।

गत २९ कात्तिकमा मिति तय भए पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लागेका हुन् ।

यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए । माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानीय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेको मौलापुर र कटहरियाका मेयर भने पार्टी परित्याग गरी एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।

पूर्वमाओवादी सांसद् साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रबाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुने छ । ्

Share This:
सम्बन्धित खबर
Loading...