कताविरूद्धकाे टी–२० सिरिज नेपालद्वारा ‘क्लिन स्विप’

ऐतिहासिक जित

190

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ ।

कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । बिहीबार भएको तेस्रो तथा अन्तिम टी–२० खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो ।

कतारका ब्याटर अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरिन् । नेपालका बलर रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १ विकेट हात पारे ।

यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रनको कीर्तिमानी योगफल बनाएको थियो । नेपालकी ब्याटर सीता राना मगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् ।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेल खेलेको हो ।

विश्वकप छनोट २२ देखि २८ नोभेम्बर सम्म दुबइमा आयोजना हुने छ । जसमा नेपालसहित युएइ, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...