प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

325

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, कोभिडले पारेको असर, कोचिडपछिको आर्थिक पुनरुत्थान र कोरोनाविरुद्धको खोपको सहयोगलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या समाधानका लागि अमेरिकी सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले उठाएको विषयमा सहमति जनाउँदै अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकाले अहिले उपलब्ध गराइरहेका सहयोगको निरन्तरतासँगै थप सहयोग पनि हुने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नेबारे अलमल भइरहँदा अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...