पाैडेललाई प्रकाशमानले भने– सभापतिमा उठ्ने घोषणा गरिसकेँ, अब पछि हट्दिनँ

159

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अब आफू उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।

चाक्सीबारीस्थित निवासमा बिहीबार बिहान भएको भेटमा उनले नेता पौडेलसँग अब आफू उम्मेदवारीबाट पछि हट्न नमिल्ने बताएका हुन् ।

“आज बिहान रामचन्द्र दाइ आउनुभयो । लामो कुराकानी भयो,” सम्पादकसँगको छलफलका क्रममा बिहीबार दिउँसो नेता सिंहले भने,“दाइ तपाईं अभिभावक भएर बस्नुस् । तपाईंको गाइडेन्समा हिँड्छौँ । मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेँ । अब पछि हट्दिनँ ।”

सिंहले १४औँ महाधिवेशनबाट सभापतिमा विजयी भएपछि आगामी कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । उनले सभापतिमा विजयी भएपछि आगामी कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् ।

“महाधिवेशन सकिएपछि बधाई दिँदै कार्यक्रम सार्वजनिक गर्छु,” नेता सिंहले भने । उनले आफू सभापतिमा विजयी भएपछि तत्काल विभाग गठन गर्ने, ६ हजार ७४३ वडामा बैठक राखेर कार्यक्रम तय गर्ने पनि बताए । “सबै वडामा गन्यमान्य मान्छे राखी वर्कसप राखी सुझाव लिन्छु,” सिंहले भने,“पालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ग्रास रुटबाट आएको सुझावबारे छलफल गर्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...