अब कोरोनाविरुद्धको खोप लगाउन पालो कुर्नु पर्दैन : स्वास्थ्यमन्त्री खतिवडा

348

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको संयुक्त अनुगमनका क्रममा उनले खोप अभाव नरहेकाले जुनसुकै खोपकेन्द्रमा गइ सर्वसाधारणले खोप लगाउन सक्ने बताए ।

“अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पर्दैन,” उनले भने,“सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा गइ जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।” उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतालमा २४सैँ घन्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ ।

मन्त्री श्रेष्ठले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताए । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । उनले कोभिड–१९ विरुद्धको खोप शतप्रतिशत जनतासम्म पुर्याउने बताए । मन्त्री खतिवडाले कोरोना भाइरसको महामारीका बेला काम गरेका स्वास्थ्यकर्मीलाई जोखिमभत्ता उपलब्ध गराइने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...