शशांकलाई प्रकाशमानको जबाफः ‘सभापतिको भन्दा बढी मत ल्याएर महामन्त्री जितेको हुँ रेकर्ड हेर्नुस्’

254

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् ।

आफूलाई काठमाडौँबाहिर चिन्दैनन् भन्ने महामन्त्री डा.शशांक कोइरालालाई आफ्नो रेकर्ड हेर्न चुनौती दिए ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले पहिले काठमाडौँमा चिन्दैन भन्ने गरेको र अहिले काठमाडौँबाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने,“मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्न अनुरोध गर्दछु ।”

आफू ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको भन्दै आफूविरुछ कुप्रचार नगर्न आग्रह गरे । “संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ,” सिंहले भने,“अब मलाई नै कार्यकर्ताले चिन्दैन भनेर दुष्प्रचार भइरहेको छ ।”

उनले पार्टीमा पद लिने र जिम्मेवारीअनुसार काम गर्न नसक्नेहरु हाबी हुँदै गएको आरोप लगाए । १२औँ महाधिवेशनमा पार्टी सभापतिले भन्दा बढी आफूले भोट ल्याएको भन्दै नेता सिंहले प्रश्न गरे,“काठमाडौँको भोटले मात्र जितेको हुँ ?”

महामन्त्री डा.शशांक कोइरालाप्रति लक्षित गर्दै सिंहले भने,“म फलानो भएकाले मैले मात्र हराउन सक्छु भन्ने, कसरी भन्दा थाहा छैन भन्ने होइन ।”

Share This:
सम्बन्धित खबर
Loading...