सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड

188

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको विवाद एक/दुई दिनमै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रचण्डले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।

बुधबार जनकपुर विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जबाफ दिने क्रममा प्रचण्डले अदालतभित्र देखिएको समस्या त्यही भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गरे । त्यसैले अब उक्त विषयमा बढी बोली राख्नु आवश्यक समेत नभएको उनले प्रतिक्रिया दिए ।

Share This:
सम्बन्धित खबर
Loading...