बार र न्यायाधीशबीच छलफलको निष्कर्ष : ‘प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन’

335

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले न्यायालयको सुधारका लागि आफूहरु एकै ठाउँमा रहेको बताएका छन् ।

मंगलबार नेपाल बार एसोसिएसन र सर्वोच्च बारका प्रतिनिधिसँगको छलफलमा सहभागी न्यायाधीशहरुले सर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सबै एकै खेमातर्फ रहेको दाबी गरेका हुन् ।

छलफलका क्रममा उनीहरुले आफूहरु सबै एकैठाउँमा रहेको र इजलास भएका कारण केही न्यायाधीश आउन नसकेको भन्दै बारले अन्तिम निर्णय गरे एकैठाउँ रहने नेपाल बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

बारले प्रधान्यायाधीशको राजीनामा नै आफूहरुको बटमलाइन रहेका छलफलका क्रममा राखेको उनले बताइन् ।

उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनै पनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएको उपाध्यक्ष बस्यालको भनाइ छ ।

मंगलबार ४ जना न्यायाधीश नियमित इजलासमा फर्केका थिए । त्यस्तै, छलफलमा न्यायाधीशहरुले नागरिक सेवाबाट बञ्च्ति हुनुपरेकोमा चिन्ता भएको भन्दै न्यायालयको सुधारका लागि आफूहरुले पनि पहल गर्ने बताएको उपाध्यक्ष बस्यालले बताइन् ।

छलफलमा बारका उपलब्ध पदाधिकारी, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै न्यायाधीशहरुको सहभागी रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...