वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो : ओली

320

धनकुटा । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन् ।

एमाले धनकुटाले छिन्ताङ्गमा आयोजना गरेको ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताए ।

आफ्नो सरकारका पालामा सहिद परिवारलाई ४२ वर्ष पछि प्रदेश सरकारमार्फत ५–५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै ओलीले छिन्ताङ्गका सहिदलाई एमालेबाहेक कसैले वास्ता नगरेको दाबी गरे ।

पार्टी फुट बोरामा कुहिएको आलु छानिएर फ्याँकिएजस्तै भएकाले यसले एमाललेलाई कुनै असर नपर्ने उनको तर्क थियो । “अझै पनि जनलहर एमालेमा छ,आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...