नेपाल एपिएफ अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धी प्रशिक्षण

249

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपिएफ अस्पतालसँगको सहकार्यमा पाठेघरको क्यान्सर र त्यसबाट बच्ने उपाय सम्बन्धमा सोमबार नेपाल एपिएफ अस्पतालमा प्रशिक्षणको आयोजना गरेको छ ।

गत असोज १४ गते एक कार्यक्रमका बीच सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला स्वाथ्य जाँच सम्बन्धी विविध कल्याणकारी योजनाको समुद्घाटन गरेकी थिइन् ।

सो योजना अन्तरगत सोमबार आयोजना गरेको तालिममा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले प्रशिक्षणमा सहभागी नेपाल एपिएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी स्वास्थ्यकर्मीहरुलाई पाठेघरको क्यान्सर, क्यान्सर हुनुपूर्व गरिने विभिन्न जाँच बारे प्रशिक्षण दिइन् ।

सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षणमा डा.कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धी विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भिआइए, भिआइएलआई जाँच, पाठेघर सम्बन्धी समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पारिन् ।

Share This:
सम्बन्धित खबर
Loading...