प्रधानन्यायाधीश जबराको प्रस्ताव नेपाल बार एसोसिएसनद्वारा अस्वीकार

118

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ ।

सोमबार प्रधानन्यायाधीश राणाले वार्ताको प्रस्ताव गर्दै विज्ञप्ति निकालेपछि सर्वोच्च परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणासँग वार्ता नगर्ने बताए ।

न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै उनले बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उभिएका जबरासँग वार्ता नहुने बताए । उनले जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्ने बताए । उनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आग्रह समेत गरे । उनले न्यायलयभित्रको भ्रष्टाचारको प्रवक्ताका रुपमा प्रधानन्यायाधीशले काम गरेको जिकिर गरे ।

त्यस्तै, बार एसोसिएसनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले न्यायालयमा देखिएको गतिरोध अन्त्यका उपाय प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन मात्र भएको बताए । न्यायालय सुधार एजेन्डाको मुख्य बाधक नै प्रधानन्यायाधीश भएको उनको भनाइ छ ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...