आँट नभएकाहरु ढोका बाहिर रोइकराइ बसेका छन् : माधव नेपाल

97

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु एमालेको ढोका बाहिर रोइकराइ बसेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा सभामा अध्यक्ष नेपालले एमालेको ढोका बन्द गरिएपछि आफूहरुले नयाँ ढोका खोलेको भन्दै अहिले पनि आँट नभएकाहरु एमालेको ढोकामा रोइकराइ बसेको टिप्पणी गरेका हुन् ।

उनले भने,“आँट नभएकाहरु ढोका बाहिर रोएर कराएर बसिरहेका हुन्छन् । आँट हुनेहरु नयाँ संरचना बनाएर अघि बढ्छन्, किनभने समयले हामीलाई कुर्दैन ।” उनले आँट भएकाहरु नयाँ संगठन बनाएर अघि भएकाले आफूहरुले नयाँ बाटो रोजेको बताए ।

कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका भए हुँदैनथियो भने लागिरहेको हुनसक्ने भन्दै एमालेमा स्पेस नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताए ।

नेपालले कृषि क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको धारणा पनि राए। त्यस्तै, उहाले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको जिकिर गरे। कृषिमा आधारित वस्तुको उत्पादनलाई बढावा दिन भू–उपयोग नीतिको तर्जुमा गर्नु जरुरी रहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...