दलहरुलाई शम्भु थापाको प्रश्न : भ्रष्ट प्रधानन्यायाधीश चाहिन्छ कि स्वच्छ ?

227

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चेलेन्द्र शमशेर जबराको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उनले केही गर्न नसक्ने बताएका छन् ।

शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रममा बोल्दै उनले सर्वोच्चको मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुने भन्दै प्रश्न गरे ।

कानुन व्यवसायीले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी धर्ना दिएपछि उनी महान्यायाधिवक्ताको कार्यालयको बाटो हुँदै ‘वैकल्पिक मार्ग’ प्रयोग गरेर सर्वोच्च छिरेका थिए ।

उनले प्रधानन्यायाधीशलाई न्याय दिने अधिकार रहेको तर किनबेच गर्ने अधिकार नरहेको बताए । बेन्च गठनदेखि आदेश र फैसलामा किनबेच भइरहेको थापाको टिप्पणी छ ।

नेपाल बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेकोमा समेत आपत्ति जनाए ।

“दलहरु बोल्नुहुन्छ कि हुन्न ? तपाईंहरुलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिको छ कि स्वच्छ ?” थापाले दलहरुलाई प्रश्न गरे । उनले नेपाली जनताले भ्रष्ट प्रधानन्यायाधीश नखोजेको भन्दै स्वच्छ प्रधानन्यायाधीश नभए न्यायको मूल्य मर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...