महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन्छ : प्रदीप ज्ञवाली

286

चितवन । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् ।

“अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ,” ज्ञवालीले भने,“केन्द्रीय सदस्यमा धेरै साथी आकांक्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पदमा सर्वसम्मतमै टुंगिने उनको भनाइ थियो ।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले भने,“२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए ।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उनले भने,“पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।”

पार्टी आज एकताको मनोविज्ञान र १० बुँदेपछि जोडिएका साथीहरुको मानोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उनले भने,“१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...