पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

275

काठमाडौँ । नेकपा (मओवादी केन्द्र)निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाउने निर्णय गरेका थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्णि गजुरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । अन्यथा, सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...