फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य

346

काठमाडौँ । नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...