सङ्खुवासभामा जनगणनाका लागि २४५ गणक

192

खाँदबारी । राष्ट्रिय जनगणनाका लागि सङ्खुवासभामा २४५ गणक खटाइएको जिल्ला जनगणना कार्यालय सङ्खुवासभाले जनाएको छ ।

२५ कात्तिकदेखि हुने राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय सङ्खुवासभाका प्रमुख पुस्कर गुरागाईंले जानकारी दिए ।

पहिलो चरणमा सङ्खुवासभामा ६५ जना सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण गरिसकेको प्रमुख गुरागाईंले बताए । जनगणनालाई प्रभावकारी बनाउन खाँदबारी, चैनपुर र नुममा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।

२४५ गणक गाउँगाउँमा खटाइसकेको प्रमुख गुरागाईंले बताए । गणना प्रभावकारी भए, नभएको अनुगमन गरिने उनले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...