काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।
बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदि शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिएका हुन् ।
प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेको समेत देउवाले बताए । “शासन नै गर्ने हो भने चुनाव लडेर आउनुस्, त्यो सुविधा छ । तर, वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्नुस्,” देउवाले भने ।
आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर, उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले भने,“त्यतिबेलादेखि नै गणतन्त्रको माहोल सुरु भयो ।”
यस्तै, संविधानमा रहेका कतिपय कमिकमजोरीहरुलाई सुधार्दै लाने उनको भनाइ थियो ।