नोबेल पुरस्कार विजेता मलाला युसफजाईले गरिन् आसिरसँग विवाह

392

काठमाडौँ । नोबेल पुरस्कार विजेता मलाला युसफजाईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार ट्विटरमार्फत् विवाह गरेको जानकारी दिएकी हुन् ।

बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसार ‘निकाह’ गरेको घोषणा गरेकी हुन् ।

“आज मेरो जीवनमा एक महत्वपूर्ण दिन हो । आसिर म आजबाट जीवनसाथीका रुपमा जिन्दगी बिताउँदैछौँ । हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्उहरुमाझ सानो निकाह आयोजना गर्यौँ । हामीलाई तपाईंहरुको शुभकामनाको खाँचो छ । जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौँ,” उनले ट्विटरमा लेखेकी छन् ।

इस्लाम धर्मको बारेमा तालिबानको व्याख्याप्रति अथक विरोध गर्दै आएकी बालिका शिक्षाको अभियन्ता मलालालाई विद्यालयबाट घर फर्कदै गर्दा पाकिस्तानको स्वात उपत्यकामा तालिबानले गोली प्रहार गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...