राजनीतिक समिति संविधानविपरीत : प्रकाशमान सिंह

278

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आवश्यक नभएको बताएका छन् ।

पाँच दलीय गठबन्धनबाट दुई–दुई जना र सरकारका प्रतिनिधिका रुपमा एक मन्त्री गरी १ज्ञ सदस्यीय समन्वय समिति गठन गरिएको थियो ।

उक्त समितिको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । २–२ महिनामा उक्त समितिको संयोजक परिवर्तन गर्ने सहमति गठबन्धनभित्र छ ।

तर, सरकारलाई नियन्त्रण गर्ने खालको यस्ता संयन्त्र बनाउन जरुरी नै नरहेको कांग्रेस नेता सिंह बताउँछन् ।

गणेशमान सिंहको १०७औँ जन्मजयन्त्रीका अवसरमा आज बिहान काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र आवश्यक नरहेको बताए ।

“अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ,” उनले भने ।

गठबन्धनको सरकार भएपनि राज्यसत्ता सरकारले चलाउने उनले बताए । “काम त सरकारले गर्नुपर्ने हो । तर, समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,” उनले भने ।

कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, “डेमोक्रयाट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनुभयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संविधानविपरीत हुन जान्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...