स्वास्थ्य मापदण्डको पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपिल

98

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज शुभकामना सन्देश दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर नेपालमा विभिन्न पर्वहरुका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल रहेको बताए ।

कोरोना त्रास कायमै रहेको भन्दै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन पनि सबैमा अपिल गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...