अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री राई

91

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङटारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए ।

आरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवासीले निकै सास्ती खेप्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले संघीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटका पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए । उनले अघिल्लो सरकारले थालेको राम्रो कामलाई पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...