बार अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानन्यायाधीश जबरा बिचौलियाको नाइके’

70

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई सशक्त पार्ने बताएका छन् ।

मंगलबार बार परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्यायाधीशबाट न्याय पाउने सम्भावना नरहेकाले राजीनामा आउनुपर्ने भन्दै आन्दोलनलाई शसक्त पार्ने बताएका हुन् ।

उनले न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी रहेको धारणा राखे । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा साथ दिन सेवाग्राहीलाई पनि उनले आग्रह गरे ।

श्रेष्ठले राजनीतिक दलहरु एकै ठाउँमा रहेर न्यायपालिका भित्रको बेथितिलाई रोक्नुपर्ने उल्लेख गरे । उनले बिचौलियाको जड, प्रधानन्यायाधीश जबरा रहेको बताउँदै उनलाई नहटाएसम्म बिचौलिया पनि नहट्ने बताए । न्यायाधीश र बारको विश्वास नलिई नै पेसी तोक्ने काम गरेको आरोप लगाए ।

यस्तै, संविधानविद् चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनले अबको आन्दोलन सर्वोच्च अदालतको ढोकाबाट छिर्न पनि बञ्चित गर्नेगरी गर्ने चेतावनी दिए । उनले न्यायालयमा देखिएको समस्यामा राजनीतिक दलहरू हेरर बसेको र समस्या समाधानमा चासो नदिएको आरोप लगाए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै एसोसिएसनले आन्दोलनलाई जारी राखेको हो । कालोपट्टी र कालो ब्यानरमा कानुन व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...