काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले आज बस्ने भनिएको एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको दाबी गरेका छन् ।
आज बस्ने भनिएको बैठक १० बुँदै सहमति र अन्तरपार्टी निर्देशनविपरीत रहेको रावलको आरोप छ । आजको बैठक गुटबन्दीको नमुना भएको भन्दै यसका निर्णय अमान्य हुने रावलको जिकिर छ ।
सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्, “आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् ।”
रावलले अन्तर पार्टी निर्देशन–१२ झापामा लागु हुने, सुदूरपश्चिममा किन लागु नहुने भन्दै प्रश्न पनि गरेका छन् ।