चैतसम्म सदस्यता लिएका मात्रै एमाले महाधिवेशन प्रतिनिधि हुने

228

काठमाडौँ । नेकपा (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्यमात्र सहभागी हुने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगगित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउने छन् ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा ७ लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए । अहिले ९ लाख संगठित सदस्य पुगेको उनको भनाइ रहेको छ ।

महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत १ हजार २०० पार्टी सदस्यमाबाट कम्तिमा एक महिलासहित ३ जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक/एक जना प्रतिनिधि निर्वाचित गर्ने छ । जनवर्गीय संगठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन् ।

एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ ।

एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...