एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकले झुट बोले : ओली

135

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा वा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले झुट बोलेको टिप्पणी गरेका छन् ।

सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले पत्र लेखेको र प्रचण्ड नलेखेको बताएर दुईमध्ये एकले झुट बोलेको टिप्पणी गरेका हुन् ।

एमसीसीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले देउवा र प्रचण्डलाई सोध्न भनेका छन् । दुवै जनामध्ये एक जनाले जनतालाई झुक्याउने काम गरेको उनले बताए ।

“एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,” उनले भने,“शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ । दुई जनामध्ये एउटाले त झुट बोलेको हो, होइन ?”

उनले अदालतको गरिमा र मर्यादा पालना नगर्ने तथा संविधानको पालना नगर्ने सबै न्यायाधीशले राजीनामा गर्नु राम्रो हुने बताए ।

ओलीले संवैधानिक इजलास गठन गर्ने क्रममा सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप पनि लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...