परमादेश ‘सेटिङ’मा थियो भन्ने कुरा आफैँ पोल खोलाखोल गर्दैछन् : ओली

727

विराटनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् ।

सोमबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको बताएका हुन् ।

“हाम्रो प्रतिस्पर्धा अलिकति नेपाली कांग्रेससँग हुने छ,” उनले भने,“नेपाली कांग्रेसको आड लागेकाको दम छैन एक्लै लड्ने ।”

ओलीले असार २८ को सर्वोच्च अदालतको परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरुको सेटिङमा आएको थियो भन्ने पुष्टि भएको दाबी गरे । परमादेश सेटिङमा आएको कुरा अहिले आफू–आफूमै पोल खोलाखोल गरेर पुष्टि गरिरहेको उनको भनाइ थियो ।

ओलीले भने, “न्यायाधीशज्यूहरु अहिले आफैँ भन्दै हुनुहुन्छ । सेटिङ रहेछ उहाँहरुबीच । कसका कसलाई मन्त्री बनाइदिने, कसलाई राजदूत बनाइदिने, कसलाई पदक र तक्मा दिने । यो त देखिएको कुरा भयो । नदेखिएको के–के लेनदेन भयो अझै खुल्न बाँकी छ ।”

ओलीले अदालत आफ्नै परमादेशका कारण विवादमा परेको र जनताको नजरमा गिरेको आरोेपसमेत लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...