प्रधानन्यायाधीश जबराले आफूसहितको तोके इजलास

219

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोबारका लागि पेसी तोकेका छन् । जबराले सोमबारका लागि ६ वटा इजलास तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले ४ वटा संयुक्त र दुई एकल प्रत्यक्षीकरण इजलास तोकेका छन् । जबराले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र पेसी तोकेका छन् ।

तिहार बिदा सकिएर अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहित न्याायधीश डा.कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।

जबकि प्रधानन्यायाधीश जबरा इजलासमा बसे अरु न्यायाधीशहरुले बन्द्र प्रत्यक्षीकरणको मुद्दासमेत हेर्ने छैनन् ।

प्रधानन्यायाधीश जबराको कामकारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले केही सातादेखि इजलासमा सामेल भएका छैनन् । बन्दी प्रत्यक्षीकरणका निवेदनसमेत प्रभावित भएपछि न्यायाधीशहरुले ती मुद्दाको सुनुवाइका लागि जबरासमक्ष दुई सर्त राखेका थिए । एउटा, बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पेसी तोक्न नहुने । अर्को, प्रधानन्यायाधीश जबरा आफू इजलासमा बस्न नहुने ।

तर, सोमबार प्रधानन्यायाधीश जबराले आफूसहित आन्दोलनको अग्रभागमा नरहेका मध्यमार्गी स्वभावका न्यायाधीशहरुको मात्र इजलास तोकेर बन्दी प्रत्यक्षीकरणका मुद्दा पेसीमा चढाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...