यी हुन् भारतीय टोलीकाे कप्तानका दावेदार

351

काठमाडौँ । आइसीसी टी–२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्युजिल्यान्डको जितसँगै भारत टी–२० विश्वकपबाट बाहिरिएको छ । भारत र नामिबियाबीच आज सोमबार हुने खेल विराट कोहलीको टी–२० कप्तानको रूपमा अन्तिम खेल हुने छ ।

कोहलीले यसअघि नै टी–२० विश्वकप २०२१ पछि टी–२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक विश्वकप (टी–२० र वानडे) मा पाकिस्तानसँग पराजित भयो ।

कोहलीले आगामी दिनमा एकदिवसीय क्रिकेटको कप्तानी पनि गुमाउनु पर्ने हुनसक्छ । २०२३ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै, बिसिसिआइले टिम इन्डियाका लागि नयाँ कप्तानको खोजी गर्नेछ, जसले विश्वकप जित्न सक्छ ।

२०२३ को एकदिवसीय विश्वकपमा कोहली ३४÷३५ वर्षको हुनेछन्। अब भारतको कप्तान को होला ? भन्ने जिज्ञासा बढेको छ । भारतीय मिडियाका अनुसार अब यी चार खेलाडीमध्ये एक भारतको स्थायी कप्तान बन्न सक्ने छन्।

१. रोहित शर्मा
भारतको नयाँ कप्तान बन्न रोहित शर्मा पहिलो रोजाइ हुनेछन् । शर्मालाई कप्तानको रूपमा ठुला प्रतियोगिता जित्ने माहिर मानिन्छ । शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले पाँच पटक आइपिएलको उपाधि जितेको छ ।

शर्माले भारतका लागि स्ट्यान्डबाइ कप्तान रहँदा एसिया कप र निदाहास ट्रफी त्रिकोणात्मक सिरिज जस्ता ठुला प्रतियोगिताको ट्रफी जितेका छन् । शर्मा महेन्द्रसिंह धोनीजस्तै कुल कप्तान मानिन्छन् ।

२. ऋषभ पन्त
ऋषभ पन्त भारतीय टीमको कप्तान बन्न सक्ने अर्का खेलाडी हुन् पन्तले पछिल्ला केही महिनामा भारतका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यही कारण तीनवटै प्रारूपमा उनको स्थान पक्का भएको छ । पन्तको दिमाग स्मार्ट छ । पन्तमा कप्तान बन्ने सबै गुण छन् । पन्तले आइपिएलमा दिल्ली क्यापिटल्सको कप्तानी गर्दा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

३. केएल राहुल
भारतलाई नयाँ कप्तान बनाउनु छ भने केएल राहुल विकल्प हुन् । उनले राम्रो प्रदर्शन गरेका छन् । इंग्ल्यान्डमा पनि उनको प्रदर्शन राम्रो थियो ।

उनले आइपिएलका साथै वानडे क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेका छन् । अर्को, टी–२० विश्वकप २०२२ अष्ट्रेलियामा हुने छ । जुन कोभिड–१९ महामारीका कारण एक वर्षका लागि स्थगित भएको थियो ।

भारतले सन् २०२३ मा एकदिवसीय विश्वकप आयोजना गर्ने छ । यस्तो अवस्थामा राहुलसँग भारतको अर्को कप्तान बन्ने मौका छ। राहुल उत्कृष्ट कप्तान, उत्कृष्ट विकेटकिपर र उत्कृष्ट ब्याट्सम्यान हुन् ।

४. श्रेयस अय्यर
मुम्बईका २६ वर्षीय ब्याटर श्रेयस अय्यरले सन् २०१७ मा भारतीय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गरेका थिए । कप्तानको बारेमा कुरा गर्दा, अय्यरलाई आइपिएल २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स) टीमको कप्तानको रूपमा नियुक्त गरिएको थियो ।

यसपछि आइपिएल–२०२० मा दिल्ली क्यापिटल्सको टोलीले फाइनलसम्मको यात्रा तय गरेको थियो । अय्यरले भर्खरै अर्को सिजन दिल्ली क्यापिटल्स छोडेर लिलामीमा आफ्नो नाम दिने निर्णय गरेका छन् ।

अय्यर लामो समयपछि अर्को नयाँ टोलीमा देख्न सकिन्छ । विशेष गरी धेरै टोलीले उनलाई आफ्नो कप्तान बनाउन चाहन्छन् । यो सूचीमा पहिलो नाम आरसिबीको छ । यस सन्दर्भमा उनी भारतीय टोलीको कप्तानीका प्रमुख दावेदार हुन् भन्नु गलत हुने छैन ।

Share This:
सम्बन्धित खबर
Loading...