कांग्रेस केन्द्रीय समितिको बैठक २८ कात्तिकमा बस्ने

154

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन् ।

बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...