कांग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत [सूचीसहित]

362

काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लमा निर्वाचन अधिकृत तोकेको छ । प्रदेश नम्बर २ का ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा कांग्रेज वडा अधिवेशन हुन बाँकी छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, प्रदेश २ अन्तर्गत सप्तरीमा डा.रुद्र शर्मा, सिरहामा सञ्जीव लामा, धनुषामा अरुण ज्ञावली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नदेन्द्र केसी र बारामा ज्ञानेन्द्रप्रसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ ।

निर्वाचन अधिकृतहरु कात्तिक २२ गते तोकिएको जिल्लामा पुग्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...