एमाले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड परिवर्तन (अपानि–१४ सहित)

71

काठमाडौँ । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ ।

एमालेको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाका बारेमा यसअघि अन्तर पार्टी निर्देशन (अपानि–१३) जारी गरेको थियो । तर, अपानि–१३ का सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरुपना कायम गर्न भन्दै सो पार्टीले पुनः आइतबार अपानि–१४ जारी गरेको हो ।

यसअघि १३औँ अपानिमा पनि प्रतिनिधि छनोटको व्यवस्था उल्लेख गरिएको भए पनि नयाँ अपानिमा त्यसलाई स्पष्ट पारेको छ ।

एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा निर्वाचन क्षेत्रमा १ हजार ५०० पार्टी सदस्य बराबर १ महिलासहित ३ जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो । तर, अपानि १४ मा त्यो संख्या घटाएर १ हजार २०० बराबर एक महिलासहित ३ जना छानिने उल्लेख छ ।

May be an image of text

May be an image of text

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...