२४ घन्टामा थपिए १३९ संक्रमित, ३९६ जना कोरोनामुक्त

243

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा १३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार १३४ आरटी पिसिआर र १ हजार ७९८ एन्टिजेन गरी कुल ३ हजार ९३२ जनामा परीक्षण गरिएकोमा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८ हजार १४४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा, ६२० संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १९६ जना र भेन्टिलेटरमा ५० जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ३९६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ९४ हजार ८३४ पुगेको छ । निको हुने दर ९७।६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...