उपराष्ट्रपति पुनबाट भाइटीका ग्रहण

78

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपति निवासमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

टीका लगाइदिएपछि बहिनीहरुले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर वात्सल्य प्रस्तुत गरिन् । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...