विराटनगरस्थित खदम खोला किनारमा २५ वर्षीय युवकको शव फेला

325

विराटनगर । शनिबार बिहान विराटनगरमा एक युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१६ दरैयास्थित मुसहरी बस्ती नजिकै खदम खोला किनारमा आज बिहान एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

कालो रंगको टी–सर्ट र कालै रंगको ट्राउजर लगाएको, गोरो अनुहार, कालो कपाल, ५ फिट ४ इञ्च उचाइ, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला लगाएको करिब २५ वर्षीय युवकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव पोष्टमार्टमका लागि कोसी अस्पतालको शव गृहमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...