तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

305

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृति गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरेकी हुन् ।

उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

“झिलिमिली बत्तीको उज्यालेले औँसीको कालो अध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो,” राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,“दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस भन्ने कामना गर्दछु ।”

तिहारमा मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...