प्रदेश १ को नामाकरण पहिचानको आधारमा हुन्छ : मुख्यमन्त्री राई

180

खाँदबारी । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणबारे संसद्‌मा छलफल गरेर चाँडै टुंगो लगाउने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग शुक्रबार संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १ को नामाकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुंगो लगाउने बताए । नामाकरणका लागि पहिचान बोकेका कोसी, किरात र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामाकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।

शेरधन राई नेतृत्वको एमाले सरकारले प्रदेशको नाम राख्न कुनै पहल नै नगरेको आरोप उनले लगाए ।

प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाइ मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशको नाम राख्न दुई तिहाइ मत आवश्यक पर्ने भएकाले दलका प्रमुख र सांसद्हरुसँग छलफल गर्ने उनले बताए । प्रदेश १ को नाम आफ्नै कार्यकालमा राखिनेमा ढुक्क हुन मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।

तिहारपछि संसद् सुरु हुनासाथ प्रदेशको नामाकरणका लगि छलफल थाल्ने र संसद्मा विषय प्रवेश गराउन तथा प्रक्रियामा लैजान विषयगत समितिमार्फत् अघि बढाउने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...